भारतको महाराष्ट्रमा बस र ट्रक ठोक्किदा १० जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भारतको महाराष्ट्रमा बस र ट्रक ठोक्किदा १० जनाको मृत्यु


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । भारतको महाराष्ट्र प्रान्तको नासिक जिल्लामा बस र ट्रक ठोक्किदा १० जनाको मृत्यु भएको छ। शुक्रबार बिहान सिन्नर–शिरडी राजमार्गको पठारे गाउँनजिकै दुर्घटना भएको हो । दुर्घटनामा कयौं घाइते भएको बीबीसीले जनाएको छ।

अम्बरनाथबाट शिरडी जाँदै गरेको बसमा करिब ५० जना सवार थिए । समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु हुनेमा ७ महिला,दुई बालक र एक पुरुष छन्।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस