प्रदेश १ को उपसभामुखमा सिर्जना दनुवारलाई उम्मेदवार बनाउने एमालेको निर्णय « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रदेश १ को उपसभामुखमा सिर्जना दनुवारलाई उम्मेदवार बनाउने एमालेको निर्णय


२९ पुस २०७९, शुक्रबार


विराटनगर । नेकपा एमालेले प्रदेश १ को उपसभामुखको उम्मेदवार सिर्जना दनुवारलाई बनाउने भएको छ । दनुवार उदयपुरबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

प्रदेश १ को सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित भइसकेका छन् ।

उपसभामुखको निर्वाचन यही पुस ३० गते हुँदैछ ।

सत्ता साझेदार दलको तर्फबाट एमालेले सिर्जना दनुवारलाई उम्मेदवार बनाउने निर्णय गरिसके पनि विपक्षी दलको उम्मेदवार टुंगो लागिसकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस