प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार : माओवादीबाट २ र एमालेबाट १ मन्त्री थपिए « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार : माओवादीबाट २ र एमालेबाट १ मन्त्री थपिए


२९ पुस २०७९, शुक्रबार


विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । थप तीन मन्त्रीले शुक्रबार शपथ लिएसँगै यस प्रदेशमा ७ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।

नवनियुक्त तीन मन्त्रीमा माओवादी केन्द्रबाट तेह्रथुमका दुर्गा चापागाईँ, मोरङका जीवन आचार्य र एमालेबाट सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी छन् । यसअघि आलोपालोको माग गर्दै सरकारमा नजाने निर्णय गरेको माओवादी आजबाट सहभागी भएको छ ।

आचार्य प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डका ज्वाईँ हुन् । जुनियर भएको भन्दै आचार्यलाई प्रदेशको नेतृत्वले मन्त्री बनाउन नखोजेपनि हाइकमाण्डको निर्देशनमा उनी नियुक्त भएको माओवादीका एक नेताले बताएका छन् ।

नयाँ तीनैजना मन्त्रीहरूको जिम्मेवारी तोक्न भने बाँकी छ । यसअघि मुख्यमन्त्रीसँगै शपथ लिएका तीनजना मन्त्री पनि विनाविभागीय छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस