देउवाले भ्रातृ संगठनका अध्यक्षलाई धुम्बाराही बोलाए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देउवाले भ्रातृ संगठनका अध्यक्षलाई धुम्बाराही बोलाए


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज भ्रातृ संगठनका नेतृत्वसँग छलफल गर्दैछन् ।

भ्रातृ संगठनका अध्यक्षहरूलाई धुम्बाराहीमा छलफल गर्न बिहान ११ बजे बोलाइएको छ । कार्यसमिति विस्तारलगायतका विषयमा छलफल गर्न नेविसंघ, तरुण दललगायतका अध्यक्षहरूलाई धुम्बाराही डाकिएको हो ।

बिहीबारको कांग्रेस पदाधिकारी बैठकले स्ववियु निर्वाचन पनि आएकाले नेविसंघलाई पूर्णता दिने साथै तरुण दललगायत भ्रातृ संस्थामा पनि कार्यसमिति पूर्ण बनाउनेबारे छलफल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस