मकवानपुरमा स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मकवानपुरमा स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु


२९ पुस २०७९, शुक्रबार


हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका-९ भलादमी चोक नजिक सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

पूर्व-पश्चिम राजमार्गस्थित भलादमी चोकमा बिहीबार ना ३९ प १४३९ नम्बरको स्कुटरलाई सवारी साधनले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको हो। स्कुटरलाई ठक्कर दिने सवारी साधनको पहिचान हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता टेकबहादुर कार्कीको अनुसार दुर्घटनामा परि स्कुटरमा सवार मनहरी गाउँपालिका ८ का ३२ वर्षीय धर्मराज मोक्तान, मिलन मोक्तान र राक्सिराङ गाउँपालिका-३ का रुपेश तामाङको मृत्यु भएको छ।

रुपेश र मिलनको भरतपुरस्थित पुरानो मेडिकल अस्पतालमा पुर्‍याउने बित्तिकै मृत्यु भएको थियो भने धर्मराजको शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको हो।

मृतक तीनै जना एउटै स्कुटरमा सवार थिए। दुर्घटनाका कारण आक्रोशित स्थानीयले बिहीबार राति ११ बजेदेखि बिहान ६ बजेसम्म राजमार्ग ठप्प पारेका थिए।

ठक्कर दिने सवारी साधनको तत्काल पत्ता लगाउने सहमतिमा राजमार्ग खुलाइएको कार्कीले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस