२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुरमा स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु

अ+ अ-

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका-९ भलादमी चोक नजिक सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

पूर्व-पश्चिम राजमार्गस्थित भलादमी चोकमा बिहीबार ना ३९ प १४३९ नम्बरको स्कुटरलाई सवारी साधनले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको हो। स्कुटरलाई ठक्कर दिने सवारी साधनको पहिचान हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता टेकबहादुर कार्कीको अनुसार दुर्घटनामा परि स्कुटरमा सवार मनहरी गाउँपालिका ८ का ३२ वर्षीय धर्मराज मोक्तान, मिलन मोक्तान र राक्सिराङ गाउँपालिका-३ का रुपेश तामाङको मृत्यु भएको छ।

रुपेश र मिलनको भरतपुरस्थित पुरानो मेडिकल अस्पतालमा पुर्‍याउने बित्तिकै मृत्यु भएको थियो भने धर्मराजको शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको हो।

मृतक तीनै जना एउटै स्कुटरमा सवार थिए। दुर्घटनाका कारण आक्रोशित स्थानीयले बिहीबार राति ११ बजेदेखि बिहान ६ बजेसम्म राजमार्ग ठप्प पारेका थिए।

ठक्कर दिने सवारी साधनको तत्काल पत्ता लगाउने सहमतिमा राजमार्ग खुलाइएको कार्कीले बताए।