रूसद्वारा ३६ बेलायती अधिकारीलाई प्रवेशमा प्रतिबन्ध « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रूसद्वारा ३६ बेलायती अधिकारीलाई प्रवेशमा प्रतिबन्ध


२९ पुस २०७९, शुक्रबार


मस्को । रूस र बेलायतबीचको कूटनीतिक तनावका कारण ३६ जना बेलायती नागरिकलाई रूस प्रवेशमा रोक लगाइएको रुसी विदेश मन्त्रालयले बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रूसले कालोसूचीमा राखेका बेलायती अधिकारीमध्ये मन्त्रिपरिषद्का सदस्य, सुरक्षा निकायका प्रतिनिधि र पत्रकारसमेत रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रूसलाई बदनाम गर्न र अन्तर्राष्ट्रिय जगत्मा यसलाई एक्ल्याउनका लागि व्यक्तिगत प्रतिबन्धको सक्रिय प्रयोग र सघन प्रचार अभियान सञ्चालन गरेको भन्दै मस्कोले बेलायत सरकारको आलोचनासमेत गरेको छ ।

जानीजानी रचनात्मक संवादलाई अस्वीकार गर्दै लण्डनले टकरावको नीतिलाई निरन्तरता दिइरहेको र वासिङ्टनसँगको सहकार्यमा रूसको बारेमा गलत सूचना फैलाउने काम गरिरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस