माधव नेपाल र जापानी संसद्को प्रतिनिधिमण्डलबीच भेट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माधव नेपाल र जापानी संसद्को प्रतिनिधिमण्डलबीच भेट


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानको संसद्को प्रतिनिधिमण्डलबीच भेट भएको छ ।

अध्यक्ष नेपालले जापानी संसद्का सदस्य मासाकी जैरासँग बिहीबार आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटघाट गरेका हुन्।

भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आर्थिक, जलविद्युत् परियोजना, पर्यटन, नारायणहिटी दरबार सङ्ग्रहालयलगायत जापान सरकारको सहयोगका विषयमा छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपालले दुवै मुलुकको सम्बन्ध र हितबारेमा धारणा राख्दै नेपालको विकासका लागि जापानको भूमिकाको सराहना गरे।

Tags :
प्रतिक्रिया दिनुहोस