मौसम पूर्वानुमान : उच्च भू-भागमा हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मौसम पूर्वानुमान : उच्च भू-भागमा हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । देशको तराई भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको छ ।

विभागले आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हिमपात र बाक्लो हुस्सु/कुहिरो लागेर दैनिक जन जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेको विभागले जनाएको छ । 

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस