सन्दीपको रिहाइले खुसी छौँ, कानुनी लडाइँमा सधैँ साथ दिन्छौँ : क्यान अध्यक्ष चन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सन्दीपको रिहाइले खुसी छौँ, कानुनी लडाइँमा सधैँ साथ दिन्छौँ : क्यान अध्यक्ष चन्द


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने अदालतको आदेश सकारात्मक भएको बताएका छन् । 

अदालतले २० लाख रुपैयाँ धरौटीमा सन्दीपलाई रिहा गर्न आज आदेश दिएपछि चन्दले आफूहरू खुसी भएको प्रतिक्रिया दिएका हुन् । नाबालिग बलात्कारको मुद्दामा कारागारमा रहेका सन्दीपलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

चन्दले सन्दीपको रिहाइ नेपाली क्रिकेटका लागि सुखद भएको बताए । उनले सन्दीप नेपालको मात्रै नभएर एसोसिएट राष्ट्रकै गहना भएको बताए । 

चन्दले आगामी दिनमा न्यायको लडाइँमा क्यानले सन्दीपलाई सघाउने बताए । भने, “सन्दीपको न्यायको लडाइँमा क्यान सधैँ साथमा थियो, छ ।”

राष्ट्रिय टिमबाट निलम्बनको विषयमा पनि क्यानले अदालतको सबै सर्त अध्ययन गरेर पुनर्विचार गर्ने चन्दले बताए । अदालतको आदेशले आफू खुसी रहेको भन्दै उनले भने, “समग्रमा नेपाली क्रिकेटका लागि सकारात्मक कुरा हो ।”

Tags :
प्रतिक्रिया दिनुहोस