६ प्रदेशको पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

६ प्रदेशको पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभरको हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। पूर्वी तथा मध्य तराईका केही स्थानमा हुस्सु लागेको अवस्था छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका भू-भागमा तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम , कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै तथा बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहनेछ ।

देशभरको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात र तराईमा बाक्लो हुस्सु लाग्ने भएकोले दैनिक जन जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस