वीरगञ्ज सुख्खा बन्दरगाहमा डस्टीकार्गो ह्यान्डलिङ सेवा सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वीरगञ्ज सुख्खा बन्दरगाहमा डस्टीकार्गो ह्यान्डलिङ सेवा सुरु


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । वीरगञ्ज सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकीबाट डस्टीकार्गो ह्यान्डलिङ सेवा सुरु भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका अनुसार नेपाल भित्रिने धुलोयुक्त कार्गोका लागि वीरगञ्ज सुक्खा बन्दरगाह भित्र ट्रेनको ट्र्याक स्थानान्तरण गरी डस्टीकार्गो ह्यान्डलिङ सेवाका लागि संरचना तयार पारिएपछि कार्गो सेवा सुरु भएको हो ।

विकास समितिका अनुसार आइतबारदेखि भारतको रक्सौलदेखि नेपालको वीरगञ्ज, पुरानो भन्सार हुँदै साथै वीरगञ्ज एकीकृत जाँच चौकीमा डस्टीकार्गो बोकेका ट्रकहरूको आवागमन समेत भइसकेको छ । आइतबार मात्रै ३८ वटा डस्टीकार्गो ट्रकहरू नेपाल भित्रिएका थिए ।

यसअघि नेपाल आउने डस्टीकार्गो रक्सौल ह्यान्डलिङ भएर नेपाल आउने गरेकोमा अब रेलबाट सिधै वीरगञ्ज सुक्खा बन्दरगाहमा आएर ह्यान्डलिङ हुनेछ । यसका लागि ट्रेनको ट्र्याक स्थानान्तरण नै गरिएको विकास समितिले जनाएको छ । यसअघि डस्टीकार्गो भारतको रक्सौलमा ह्यान्डलिङ भएर ट्रकमार्फत नेपाल आउने गरेको थियो । यसबाट नेपालमा रोजगारी बढ्ने र व्यवसायीलाई खर्च पनि कम पर्ने देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस