देउवालाई ओलीको प्रश्न-०५८ मा संसद विघटन तपाईँले गरेको होइन ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देउवालाई ओलीको प्रश्न-०५८ मा संसद विघटन तपाईँले गरेको होइन ?


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसदमा जुहारी चलेको छ ।

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै काँग्रेस सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्न सकिने ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएका थिए । अहिले संविधानको रक्षा नै चुनौती बनेको उनले बताए ।

लगतै सम्बोधन गरेका ओलीले देउवालाई मौका अनुसार व्याख्या नगर्न आग्रह गरेका छन् । ‘माननीय शेरबहादुर देउवाले ०५८ साल असारमा संसद विघटन गरेर मध्यावधि गरेर आश्विन १८ र माघ १९ पुगेको होइन ?’ उनले भने, ‘मेरा मित्रलाई म सोध्न चाहन्छु, यहाँले होइन संसद विघटन गरेको ?

Tags :
प्रतिक्रिया दिनुहोस