१ वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

१ वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिने


२५ पुस २०७९, सोमबार


काठमाडौँ । सरकारले एक वर्षभित्र सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने प्रतिबद्धता जनाएको छ । सत्तारुढ दलहरूको न्यूनतम साझा कार्यक्रममा १ वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने उल्लेख गरिएको हो ।

सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सबै नेपालीलाई १ वर्षभित्र राष्ट्रिय परिचयपत्र गरिसक्ने बताएका हुन् ।

सत्तारुढ दलले १ वर्षभित्र सबैले राष्ट्रिय परिचयपत्र पाइसक्ने दाबी गरे पनि सर्वसाधारण भने लामो लाइनमा बस्न बाध्य छन् । नयाँ राहदानीका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि कैयौँ सेवाग्राही सास्ती भोग्न बाध्य छन् । नारायणहिटी दरबार परिसर (साबिकको राहदानी विभाग), ललितपुर र काठमाडौँ जिल्ला प्रशासन कार्यालय तथा सिंहदरबारका कर्मचारीका लागि गृह मन्त्रालयस्थित विभागको कार्यालयमा घण्टौँ लाइन लाग्नुपर्ने अवस्था छ ।

यस्तै, सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकतासम्बन्धीको समस्या समाधान गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस