एकीकृत समाजवादी प्रतिपक्षमा बस्ने  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एकीकृत समाजवादी प्रतिपक्षमा बस्ने 


२४ पुस २०७९, आइतबार


काठमाडौँ । संघीय संसद सचिवालयले राजनीतिक दलहरुलाई सोधेर कुन पार्टी कुन बेञ्च (सत्तापक्ष वा प्रतिपक्ष) मा बस्ने भनेर सोधेको छ । दलहरूले दिएको जवाफका आधारमा प्रतिनिधिसभा भवनमा सिट व्यवस्थापन गरिएको छ ।

संसद सचिवालयका अधिकारीहरूका अनुसार ‘एकीकृत समाजवादीले प्रतिपक्षी बेञ्चमा बस्छौँ’ भनी जानकारी गराएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार बिहान मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भेटेका थिए । भेटपछि प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने सन्दर्भमा एकीकृत समाजवादी सकारात्मक रहेको जवाफ दिएका थिए । तर, एकीकृत समाजवादीले संसद सचिवालयलाई भने आफूहरूलाई प्रतिपक्षी बेञ्चमा राखिदिन भनेको हो ।

प्रधानमन्त्री प्रचण्डले मङ्गलवार विश्वासको मत लिँदैछन् । यसकारण सोमबारबाट सुरु हुने अधिवेशनमा एकीकृत समाजवादीले आफूहरूलाई प्रतिपक्षी बेञ्चमा राखिदिन गरेको आग्रहलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा सोमबार नै निर्णय हुने बताएका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस