एटिएम ह्याक गरेर रकम चोरी भएपछि राष्ट्र बैङ्कले सुझायो चार उपाय  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एटिएम ह्याक गरेर रकम चोरी भएपछि राष्ट्र बैङ्कले सुझायो चार उपाय 


२४ पुस २०७९, आइतबार


राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले एटिएम प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । एटिएम ह्याक गरेर रकम चोरी भएको घटना यसअघि बाहिरिएपछि बैङ्कले एटिएमको सुरक्षित प्रयोगका लागि चार उपायसमेत सुझाएको छ ।

एटिएम प्रयोगकर्ताले आफ्नो पिन कोड गोप्य राख्ने, अपरिचित मान्छेबाट टाढै बस्ने, एटिएम प्रयोग गर्दा खाताबाट काट्यो तर पैसा आएन भने सम्बन्धित बैङ्कमा सम्पर्क गर्ने र आवश्यक परे बैङ्कका कर्मचारीबाट सम्पर्क गरी सहयोग लिँदा एटिएमको सुरक्षित प्रयोग हुने बैङ्कले जनाएको छ । 

बैङ्कले अपरिचित वा अन्य जो कोही व्यक्तिलाई एटिएम कार्ड र पिन नम्बर सेयर नगर्न पनि आदेश दिएको छ ।  एटिएमबाट रकम निकाल्दा कतै क्यामेरा भएको वा नभएको तथा पिन कोड थिच्ने बेलामा कसैले देखे–नदेखेको निश्चित गर्नुपर्नेमा बैङ्कले जोड दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस