सिरहामा गोली चल्यो, ७ जना प्रहरी घाइते  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सिरहामा गोली चल्यो, ७ जना प्रहरी घाइते 


२४ पुस २०७९, आइतबार


काठमाडौँ । सिरहाकाको मिर्चैयामा गोली चलेको छ । मिर्चैया नगरपालिका-३ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्राको मृत्युपछि अहिले प्रदर्शन भइरहेको छ । 

प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय मिर्चैयामा घेरा हालेपछि ६ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुवास बुढाथोकीले बताए । 

भिड नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड ग्याँस सेल पनि प्रहार गरेको छ । प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्दा ७ जना प्रहरी घाइते भएका छन् । सगरमाथा माविमा अध्ययनरत १५ वर्षीया छात्रा सिर्जनाकुमारी महराको गए राति मृत्यु भएको थियो । पानी माग्दा शिक्षिकाले दिएको स्प्रिट पिएपछि उनको मृत्यु भएको पीडित परिवार र विद्यार्थीहरूको आरोप छ ।

घटनाबारे अनुसन्धान भइरहेको डिएसपी बुढाथोकीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस