कमल थापाको युवा सङ्गठनका अध्यक्ष राप्रपामा प्रवेश « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कमल थापाको युवा सङ्गठनका अध्यक्ष राप्रपामा प्रवेश


२४ पुस २०७९, आइतबार


काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालको भातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष कैलाश कटवाल राप्रपामा प्रवेश गरेका छन् ।

राप्रपा नेपालका केन्द्रीय सदस्य र कार्यसम्पादन समितिका सदस्य समेत रहेका कटवाललाई शनिबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरेका हुन् ।

हालै सम्पन्न निर्वाचनमा शर्मनाक पराजय बेहोरेको राप्रपा नेपालका नेता कार्यकर्ता राजनीतिक विकल्पको खोजीमा जुटेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस