गुल्मीमा आज तारा एयर आउने भएपछि बिदा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गुल्मीमा आज तारा एयर आउने भएपछि बिदा


२४ पुस २०७९, आइतबार


काठमाडौँ । गुल्मीको रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएको रेसुङ्गा विमानस्थलमा आइतबार (आज) डेमो उडान हुँदैछ । यस अवसरमा रेसुङ्गा नगरपालिकामा बिदा दिइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर जहाज गुल्मी प्रस्थान गर्नेछ । एयरलाइन्स कम्पनीका अनुसार तारा एयरले आइतबार बिहान १०स्३० मा डेमो उडान गर्नेछ ।

जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद चन्द्र भण्डारी, गोकर्ण विष्ट लगायत नेताहरू सवार हुनेछन् । साथै एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री समेत जहाजमा रहने छन् । तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू समेत जहाजमा रहने भएका छन् ।

यो जहाज रेसुङ्गा विमानस्थलमा झण्डै १ घण्टा रहने छ । त्यसपछि पुनः काठमाडौँ फिर्ता हुने छ ।

आइतबार डेमो उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने छ । नियमित उडानका लागि भने कम्तिमा २ साता लाग्नेछ । यो विमानस्थलमा तारा एयरले प्रारम्भमा स्थानीय सरकारसँगको समन्वयमा उडान गर्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस