ग्रिफितको विष्फोटक ब्याटिङमा लुम्बिनीलाई १६० रनको लक्ष्य « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

ग्रिफितको विष्फोटक ब्याटिङमा लुम्बिनीलाई १६० रनको लक्ष्य


२२ पुस २०७९, शुक्रबार


काठमाडौँ । नेपाल टी-२० लिग अन्तर्गतको खेलमा जनकपुर रोयल्सले लुम्बिनी अलस्टार्सलाई १६० रनको लक्ष्य दिएको छ ।

शुक्रबार बिहान १७ ओभरमा घटाएर त्रिवि क्रिकेट मैदानमा खेलाइएको खेलमा जनकपुरले ६ विकेट गुमाउँदै १५९ रन बनायो ।

टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरका लागि वेष्ट इन्डिजका ब्याटर त्रिभोन ग्रिफितले सर्वाधिक ४७ रन बनाए । उनले ११ बलमा ३ चौका र ५ छक्का सहित आक्रामक ब्याटिङ गरे ।

ओपनर ब्याटर सराफुद्नि अस्राफले १८ बलमा ५ चौका र १ छक्का सहित ३४ रन बनाए । आज ओपनिङमा आएका खडक बोहोराले ३० बलमा २२ रन बनाए । समिमुल्लाह सिनवारीले ११ बल खेल्दै २० रन बनाए । दिलिप नाथले १० रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका लागि कुशल भुर्तेल र सागर ढकालले समान २-२ रन विकेट । पत ब्रोउन र इशान पाण्डेले एक-एक विकेट लिए ।

लुम्बिनी ९ खेलमा ८ जित र एक हार सहित १६ अंकको साथ तालिकाको शीर्ष स्थानमा छ । जनकपुर समान ९ खेलमा ६ जित र ३ हार सहित १२ अंकको साथमा दोस्रो स्थानमा छ । यी दुवै टिम प्लेअफ पुगिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस