नदीमा अटो खस्दा २ जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नदीमा अटो खस्दा २ जनाको मृत्यु


२१ पुस २०७९, बिहिबार


काठमाडौँ । जुम्लाको तिला गाउँपालिका ३ त्रिवेणीस्थित तिला नदीमा अटो खस्दा दुई जनाको ज्यान गएको छ ।

जुम्लाबाट नाग्मा जाँदै गरेको क १ स ११ नम्बरको अटो तिला नदीमा खस्दा तातोपानी गाउँपालिका १ बाइराँकाका २९ वर्षीय पुरन सार्की र तिला-३ का २१ वर्षीया आकाश थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।  

प्रहरीका अनुसार पुरनको घटनास्थलमै ज्यान गएको र आकाशको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ज्यान गएको हो । 

अटोले पाउरोटी ओसारपसार गर्दै आएको थियो । अटो कर्णाली राजमार्गबाट तल तिला नदीको छेउमा खसेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस