वाम एकताका लागि समाजवादीले बनायो कार्यदल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

वाम एकताका लागि समाजवादीले बनायो कार्यदल


२१ पुस २०७९, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले वाम एकताको प्रक्रिया अघि बढाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । 

बिहीबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

उनका अनुसार कार्यदलको सदस्यहरूमा नेताहरू गङ्गालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेका छन् । उक्त कार्यदलले वाम एकताका लागि वार्ता, संवाद, छलफल र पहलको अगुवाइ गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस