देउवा र उपेन्द्रबीच धुम्बाराहीमा भेटवार्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

देउवा र उपेन्द्रबीच धुम्बाराहीमा भेटवार्ता


२१ पुस २०७९, बिहिबार


काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच बिहीबार भेटवार्ता भएको छ । देउवा निवास धुम्बाराहीमा दुई नेताबीच भेटवार्ता भएको हो ।

हालको सत्ता गठबन्धनसँग आबद्ध यादवले देउवासँग समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरेको बताइएको छ । साथ-साथै मधेस प्रदेशमा सरकार निर्माणका बारेमा पनि छलफल भएको बताइएको छ ।

उपेन्द्र यादवले केन्द्रमा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेका छन् भने मधेसमा मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने लबिङ गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस