देउवा पक्षका सातै प्रदेशका काँग्रेस केन्द्रीय सदस्यको बैठक छुट्टाछुट्टै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देउवा पक्षका सातै प्रदेशका काँग्रेस केन्द्रीय सदस्यको बैठक छुट्टाछुट्टै


२० पुस २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पक्षका सातै प्रदेशका केन्द्रीय सदस्यको छुट्टाछुट्टै बैठक बस्ने भएको छ ।

सभापति देउवाले आफू निकटका नेताहरूलाई समन्वय गर्न जिम्मेवारी दिएका छन् ।

स्थानीय तहदेखि केन्द्रसम्मको टिकट वितरणमा समन्वय गरेका नेताहरूलाई बैठक बोलाउन जिम्मेवारी दिइएको छ ।

देउवा पक्षीय एक केन्द्रीय सदस्यले भने, ‘सभापति देउवा पक्षका सबै केन्द्रीय सदस्यको बैठक बोलाउनुपर्ने माग थियो । धेरै जनाको बैठक बोलाउँदा आरोप प्रत्यारोप झन् बढी होला सोचेर सभापतिले प्रदेश प्रदेशको छुट्टाछुट्टै बैठक गर्न निर्देशन दिनु भएको छ ।’

प्रदेश १ का देउवा पक्षको बैठक बुधवारका लागि बोलाइएको छ । पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रदेश १ का संस्थापन पक्षका केन्द्रीय सदस्यको बैठक गर्न देउवाले निर्देशन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस