सर्‍यो काँग्रेस केन्द्रीय समितिको बैठक « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

सर्‍यो काँग्रेस केन्द्रीय समितिको बैठक


२० पुस २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक ६ दिन पछिलाई सारिएको छ । २२ पुस शुक्रबारका लागि बोलाइएको बैठक ६ दिन पर सारिएको हो । अब केन्द्रीय समिति बैठक २८ पुसको दिउँसो १ बजे बस्ने तय भएको एक नेताले जानकारी दिए ।

केन्द्रीय समिति बैठक मूल रूपमा गत निर्वाचनको समीक्षा गर्न बोलाइएको छ । बैठकका छलफलका एजेण्डामा समसामयिक राजनीतिका सन्दर्भ र विविध समेत राखिएको छ ।

४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि काँग्रेसको केन्द्रीय समिति बैठक बसेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस