कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै


२० पुस २०७९, बुधबार


काठमाडौँ । नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ। पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

पत्रकार सम्मेलनमा समसामयिक राजनीति विषय र निर्वाचनमा खटिएका नेता तथा कार्यकर्ताहरूलाई धन्यवाद दिइने प्रवक्ता महतले जानकारी दिए। कांग्रेसले सरकारबाट बाहिरिएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्न लागेको हो।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि गत पुस १० गते सभापति शेरबहादुर देउवा सरकारबाट बाहिरिएका थिए। सरकारबाट बाहिरिए पनि उनले पत्रकार सम्मेलन गरेका थिएनन्।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग निर्वाचनसम्म गठबन्धन गरेको कांग्रेसले पुस १० गते गठबन्धन र सरकार दुवै गुमाउनु परेको थियो।

गठबन्धन दल माओवादी केन्द्र सरकारमा छ भने कांग्रेस प्रतिपक्षमा पुगेको छ। सभापति देउवाले गठबन्धन जोगाउन नसकेको भन्दै कांग्रेसभित्र आलोचना भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस