राष्ट्रियसभा सदस्यको विद्युतीय हाजिरी पक्का « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रियसभा सदस्यको विद्युतीय हाजिरी पक्का


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रिय सभाका सदस्यहरूको हाजिरी विद्युतीय हुने भएको छ । २५ पुस बाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । अधिवेशनको पहिलो बैठकबाटै राष्ट्रिय सभा सदस्यहरूको विद्युतीय हाजिरी हुने भएको हो ।

संघीय संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार राष्ट्रिय सभा सदस्यहरूको हाजिरी पहिलो बैठकबाटै विद्युतीय हुने पक्का भएको छ । त्यसका लागि सचिवालयले हाल प्रत्येक राष्ट्रिय सभा सदस्यहरूको ल्याप्चेलाई हाजिरी यन्त्रमा समावेश गर्ने कार्य चलिरहेको छ ।

२४ गतेसम्म राष्ट्रिय सभाका सबै माननीयको ल्याप्चेलाई हाजिरी यन्त्रमा समावेश गरिसक्ने उनले जानकारी दिए ।

संघीय संसद सचिवालयले अटोमेसनमा जाने सन्दर्भमा स्वअध्ययन नै गरेको थियो । सोही अध्ययनका आधारमा सांसदहरूको विद्युतीय हाजिरीको विषय अगाडि बढेको हो ।

तर, राष्ट्रिय सदस्यहरूको विद्युतीय हाजिरी पक्का हुँदा प्रतिनिधिसभा सदस्यहरूको विद्युतीय हाजिरीको विषय अन्योलमै छ । निर्णय भएको खण्डमा प्रतिनिधिसभा सदस्यहरूको विद्युतीय हाजिरीको विषय पनि अगाडि बढ्ने सूचना अधिकारी धमलाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस