निमावि तहमा ६४७ पदमा शिक्षक छनौट किन हुन सकेन ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निमावि तहमा ६४७ पदमा शिक्षक छनौट किन हुन सकेन ?


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । शिक्षक सेवा आयोगले निमावि तहको तृतीय श्रेणी शिक्षक पदमा १ हजार ९५९ जना शिक्षक सिफारिस गरेको छ ।

आयोगले बिहीबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।

आयोगले २ हजार ६०६ रिक्त पदमा शिक्षक माग गर्दै परीक्षा सञ्चालन गरेको थियो । तर, आयोगले माग गरेको ६४७ पदमा शिक्षक छनोट नै हुन नसकेको प्रवक्ता सुदर्शन मरहट्ठाले जानकारी दिए ।

उनले भने, ‘हामीले विज्ञापन गरे बमोजिम रिक्त दरबन्दीमा पदपूर्ति हुन सकेन ।’ विज्ञान र गणित विषयमा मागअनुसार शिक्षकले परीक्षा पास गर्न नसकेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस