सरकारलाई हाम्रो आवश्यकता छ कि छैन ? « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकारलाई हाम्रो आवश्यकता छ कि छैन ?


१७ पुस २०७९, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरू वाम एकताको पक्षमा रहेको बताएका छन्। तर, विचार आफूहरूको पहिलो सर्त हुने उनको भनाइ छ ।

‘वामपन्थी एकताको पक्षमा छौँ । तर टाउको जोडेर मात्र भएन । विचार मिल्नुपर्छ । कार्यगत एकता गर्न हामी जोसुकैसँग तयार छौँ,’उनले भने ।

सरकारमा जानेबारे नेता खनालले सरकारबाट औपचारिक प्रस्ताव नआएको पनि बताए । उनले अहिलेसम्म सरकारलाई आफूहरूको आवश्यकता छ कि छैन भन्नेबारे नै स्पष्ट नभएको बताए ।

‘हाम्रो सहयोग उनीहरू (सरकार पक्ष) लाई आवश्यकता छ कि छैन । त्यो पनि हेर्छौँ । हामीहरू उनीहरूको विचार दृष्टिकोण हेरेर विचार बनाउँछौँ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस