भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य


१७ पुस २०७९, आइतबार


काठमाडौँ । भारतीय आयल कर्पोरेसन लिमिटेड (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको मूल्य बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य बढेपछि आईओसीले पनि निगमलाई मूल्य बढाएर पठाएको जनाएको छ ।

आइतबार पठाएको नयाँ सूचीअनुसार पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्य समेत बढेको निगमका आपूर्ति तथा वितरण विभाग निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए । उनका अनुसार आईओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिण्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको छ ।

हाल आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम करिब ११ अर्ब रुपैयाँ छ । त्यस्तै सरकारलाई तिर्नुपर्ने ऋण ७ अर्ब रहेको गोइतले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस