घनश्याम भुसाल एकीकृत समाजवादीमा आउन सकारात्मक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घनश्याम भुसाल एकीकृत समाजवादीमा आउन सकारात्मक


१७ पुस २०७९, आइतबार


काठमाडैँ । नेकपा (एमाले)का पूर्व उपमहासचिव घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा आउन सकारात्मक रहेको प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन्।

काठमाडौँमा जारी एकीकृत समाजवादीको स्थायी कमिटी बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता खतिवडाले भूषालाई पार्टीमा ल्याउन कोसिस भइरहेको बताए। “घनश्याम भुसाललाई एकीकृत समाजवादीमा ल्याउन प्रयास भइरहेको छ,” उनले भने।

एकीकृत समाजवादीबाट मात्रै हो की नेता भुसाल पनि आउन तयार छन् भन्ने प्रश्नमा प्रवक्ता खतिवडाले भने, “हाम्रो तर्फबाट मात्रै होइन, भुसालको तर्फबाट पनि प्रयास भइरहेको छ।”

त्यस्तै, नेता वामदेव गौतमका विषयमा सोधिएको प्रश्नमा भने प्रवक्ता खतिवडाले कुराकानी भइरहेको बताए। “हामीले पार्टीमा ल्याउने प्रयास गरिरहेका छौँ, तर उहाँले मान्नु भएको छैन,” उनले भने।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा सरकारमा जाने की नजाने भन्ने विषयमा छलफल भइरहेको छ। दुई दिनदेखि जारी बैठकमा स्थायी कमिटी सदस्यहरूले आआफ्नो मत राखिरहेका छन्। यस विषयमा आजै निर्णय हुने प्रवक्ता खतिवडाले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस