माओवादी सुदूरपश्चिमको दलको नेतामा खगराज चयन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

माओवादी सुदूरपश्चिमको दलको नेतामा खगराज चयन


१७ पुस २०७९, आइतबार


धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिमको संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन्।

आज बसेको संसदीय दलको नेतामा भट्टलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको हो। साथै माओवादीको नेतृत्वमा सरकार बनाउने पहल गर्ने जिम्मा पनि बैठकले भट्टलाई दिएको छ।

भट्ट स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज हुन्। यसअघि हिजोको बैठकमा सहमति हुन नसकेपछि आज दोस्रो दिन बैठक बसेको थियो। दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने आजको बैठकले चयन गरेको छैन।

पुस्तान्तरणको माग गर्दै दलको नेतामा दाबी गरिरहेका अर्का नेता तथा केन्द्रीय सदस्यसमेत रहेका ओमविक्रम भाट सरलले अन्तिम समयमा भट्टलाई समर्थन गरेका थिए।

यसअघि शनिबार बसेको दलको बैठकमा भने दुवै नेताले दाबी नछाड्दा सहमति हुन सकेको थिएन। दलको नेतामा चयन भएका भट्ट डडेलधुराको प्रदेशसभा (१) बाट निर्वाचित भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस