आज प्रदेश १ को पहिलो संसद् बैठक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज प्रदेश १ को पहिलो संसद् बैठक


१७ पुस २०७९, आइतबार


मोरङ । प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक आज आइतबार बस्दै छ ।

४ मंसिरमा भएको संसदीय निर्वाचनबाट चयन भएका सांसदहरूले शपथग्रहण गरेसँगै पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद काँग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नेछन् ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार आजको बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ ।

त्यस्तै, प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अङ्गीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुने उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस