जनमत पार्टीको संसदीय दलको नेतामा यादव चयन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जनमत पार्टीको संसदीय दलको नेतामा यादव चयन


१६ पुस २०७९, शनिबार


जनकपुरधाम । जनमत पार्टीले मधेस प्रदेशको संसदीय दलको नेतामा महेश प्रसाद यादव चयन भएका छन्।

सप्तरी क्षेत्र नं. २ को ‘ख’ बाट निर्वाचित यादव जनमत पार्टीबाट मधेस प्रदेशका मुख्यमन्त्रीका दाबेदार हुन्।

यस्तै, प्रमुख सचेतकमा चन्दन कुमार सिंह, सदस्य सचिवमा शम्भु साह र कोषाध्यक्षमा भाग्य श्री कुमारी चौधरी चयन भएका हुन्।

जनमत पार्टीले मधेस प्रदेशमा समानुपातिक र प्रत्यक्ष गरी १३ सिट जितेको छ। १३ सिटमा जित निकाल्दै जनमत पार्टी मधेस प्रदेशको चौथो ठुलो दल बनेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस