पूर्व राजा शाह र अध्यक्ष लिङ्देनको भेट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पूर्व राजा शाह र अध्यक्ष लिङ्देनको भेट


१३ पुस २०७९, बुधबार


काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ । सरकारमा जाने वा नजानेबारे निर्णय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक अघिल्लो दिन लिङ्देनले बाराको सिमरा पुगेर पूर्व राजा शाहलाई भेटेका हुन् । 

स्रोतका अनुसार सिमरामा ज्ञानेन्द्र र लिङ्देनबीच भएको लामो कुराकानीमा भर्खरैको राजनीतिक विकास क्रम, प्रचण्डको सत्ता रोहणमा राप्रपाको समर्थन लगायत विषयमा कुरा भएको थियो ।

लिङ्देनले पूर्व राजा शाहसँग भएको भेट बाहिर ल्याउन नचाहे पनि पार्टी बैठकमा नेताहरुले प्रश्न उठाएपछि थप सार्वजनिक भएको हो । झण्डै ६ घण्टासम्म चलेको बैठकमा नेताहरुले अध्यक्ष लिङ्देनलाई सरकारलाई दिएको समर्थनको अवस्था ३० दिनभित्र के हुने र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले फेसबुकमा लेखेको कुरा बारे प्रश्न गरेका थिए । 

प्रचण्ड सरकारलाई कसरी हेर्ने भन्नेबारे राप्रपा दोधार देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस