सरकारलाई समर्थन गरिदिन माधवलाई प्रचण्डको आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकारलाई समर्थन गरिदिन माधवलाई प्रचण्डको आग्रह


१३ पुस २०७९, बुधबार


काठमाडौँ । सत्ता साझेदार दलका शीर्ष नेताको बैठक भोलि बालुवाटारमा बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको वार्तामा भोलि बालुवाटारमा शीर्ष नेताको बैठक बस्ने विषयमा कुराकानी भएको थियो ।

प्रचण्डका स्वकिय सचिव रमेश मल्लका अनुसार सरकार निर्माणपछि नीति तथा कार्यक्रम र सरकारको प्रभावकारिताका सम्बन्धमा दुई नेताबीच छलफल भएको थियो ।

यसैबीच प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि कुराकानी गरेका छन् । बिहान भएको छलफलमा सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् ।

छलफलमा नेता नेपालले पार्टीमा छलफल गरेर निर्णय दिइने बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस