विहारमा विषाक्त रक्सीले एक महिनामा ९२ जनाको मृत्यु « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

विहारमा विषाक्त रक्सीले एक महिनामा ९२ जनाको मृत्यु


१३ पुस २०७९, बुधबार


काठमाडौँ । भारतको विहारमा यो महिनामा मात्रै विषाक्त मदिरा सेवनबाट ९२ जनाको मृत्यु भएको छ। मदिरा सेवनबाट बिरामी भएका धेरै अस्पताल भर्ना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

विषाक्त मदिरा सेवन गरेकालाई चक्कर लाग्ने, बान्ता हुने र दृष्टि धमिलो हुने जस्ता समस्या देखिएको छ। सारण जिल्लामा सबैभन्दा धेरै ८५ जनाको मृत्यु भएको तथा २९ जनाले आँखाको ज्योति गुमाएको भारतको सरकारी प्रसारण संस्था अल इण्डिया रेडियोले जनाएको छ।

राज्यका विभिन्न अस्पतालमा उपचार गराइरहेका मध्ये आठजनाको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

सन् २०१६ मा राज्य सरकारले मदिरा बिक्री र उपभोगमा प्रतिबन्ध लगाए पनि विगत ६ वर्षमा विहारमा विषाक्त मदिराक सेवनबाट एक हजारभन्दा बढीको मृत्यु भएको तथा ६ लाख भन्दा बढी जेल परेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

यसै वर्षको जुलाईमा गुजरातमा पनि विषाक्त मदिरा सेवनका कारण ४२ जनाको मृत्यु भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस