कमजोर भिजिबिलिटीका कारण उडान प्रभावित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कमजोर भिजिबिलिटीका कारण उडान प्रभावित


१२ पुस २०७९, मंगलबार


काठमाडौँ । कमजोर भिजिबिलिटीका कारण मङ्गलवार तराईका मुख्य विमानस्थलहरूको उडान प्रभावित भएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार भैरहवा, नेपालगञ्ज र धनगढीमा कमजोर भिजिबिलिटीका कारण उडान बन्द रहेको छ ।

बाक्लो हुस्सुले यी विमानस्थलको उडान प्रभावित भएको छ । काठमाडौँमा भने उडान सामान्य छ ।

Tags :
प्रतिक्रिया दिनुहोस