प्रदेश १ का सांसदहरूले गरे शपथ ग्रहण « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

प्रदेश १ का सांसदहरूले गरे शपथ ग्रहण


११ पुस २०७९, सोमबार


काठमाडौँ । प्रदेश नम्बर १ प्रदेश सभा सदस्यहरूले शपथ ग्रहण गरेका छन्।

सोमबार दिउँसो प्रदेश सभामा सांसदहरूले शपथ ग्रहण गरेका हुन्। उनीहरूलाई जेष्ठ सदस्य नेपाली काँग्रेसका गयानन्द मण्डलले गराएका हुन्।

७९ वर्षका उनलाई सोमबार दिउँसो प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका थिए।

उनी मोरङ क्षेत्र नम्बर ५ (१) बाट निर्वाचित सांसद हुन्। प्रदेश १ मा नेकपा एमाले ४०, काँग्रेस २९, माओवादी १३, राप्रपा ६, एस ४ र जसपा १ जना सांसद छन्।

यहाँ एमालेले सरकार बनाउने सम्भावना छ। केन्द्रमा एमालेको सहयोगमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै यहाँ पनि एमालेको सरकार बन्ने सम्भावना बनेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस