घुस बार्गेनिङ गरेको उजुरी परेपछि डिएसपी केसीमाथि छानबिन « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

घुस बार्गेनिङ गरेको उजुरी परेपछि डिएसपी केसीमाथि छानबिन


११ पुस २०७९, सोमबार


रुपन्देही । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठग बहादुर केसीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ ।

‘घुस’ बार्गेनिङ गरेको सुराक आएपछि आइजिपी धिरज प्रताप सिंहले केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी नेतृत्वको टिमलाई बुटवल पठाएका छन् ।

आइतबार साँझ ब्युरोको टोलीले उनलाई आन्तरिक नियन्त्रणमा राखेर सोधपुछ गरेको थियो ।

पुस ४ मा केसीलाई प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कास्कीमा काज सरुवा गरेको थियो । काज भए पनि उनले रवाना लिएका थिएनन् ।

उनीबिरुद्ध प्रहरी प्रधान कार्यालयमा ‘घुस’ बार्गेनिङ गरेको उजुरी परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस