हिमआँधीले अमेरिकामा मृत्यु हुनेको संख्या २२ पुग्यो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हिमआँधीले अमेरिकामा मृत्यु हुनेको संख्या २२ पुग्यो


११ पुस २०७९, सोमबार


काठमाडौँ । टेक्सासदेखि क्यानडाको क्युबेकसम्म बिस्तार भएको हिमआँधीका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २२ पुगेको छ। त्यसमध्ये अधिकांशले सडक दुर्घटनामा परेर ज्यान गुमाएका छन्।

हिमपातका कारण दशौं लाख नागरिक विद्युत्‌विहीन भएका छन्। तापक्रम शून्यदेखि माइनस ४० डिग्री सेल्सियस पुगेको छ भने हिमपातका कारण यातायात अवरुद्ध भएको छ।

हजारभन्दा बढी हवाई उडान रद्द भएका छन् भने हजारौं यात्रु अलपत्र भएका छन्। सरकारी अधिकारीहरुले अनावश्यक रुपमा घरबाट ननिस्कन र न्यानोका उपाय अपनाउन आग्रह गरेका छन्। हिमपातका कारण जापानमा पनि १३ जनाको मृत्यु भइसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस