भारतीय सेनाद्वारा नेपाली सेनालाई ‘ट्रेनिङ सिमुलेटर’ हस्तान्तरण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भारतीय सेनाद्वारा नेपाली सेनालाई ‘ट्रेनिङ सिमुलेटर’ हस्तान्तरण


६ पुस २०७९, बुधबार


काठमाडौँ । नेपाली सेनालाई भारतीय सेनाले ट्रेनिङ सिमुलेटर हस्तान्तरण गरेको छ । नेपाल भ्रमणमा आएका भारतीय सेनाका लेफ्टिनेन्ट जनरल जेएस सन्धुले बुधबार एकथान ड्राइभिङ सिमुलेटर र एकथान हतियार ट्रेनिङ सिमुलेटर हस्तान्तरण गरेका हुन् । 

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पुस ३ बाट नेपाल भ्रमणमा छन् । बुधबार सीतापाइला स्थित सेनाका यद्धकवच गणमा आयोजित समारोहमा बलाधिकृत रथी सरोज प्रताप राणालाई सन्धुले सहयोग स्वरूप सिमुलेटर हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

ट्रेनिङ सिमुलेटर कम्प्युटर सिस्टममा जडान गरिएको गाडी र हतियार मार्फत अभ्यास गरिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस