सप्तरीमा पाँच दलितको मृत्यु, अनुगमनका लागि आयोगले टोली खटाइने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सप्तरीमा पाँच दलितको मृत्यु, अनुगमनका लागि आयोगले टोली खटाइने


३ पुस २०७९, आइतबार


काठमाडौँ । सप्तरीको कन्चनरुप नगरपालिकामा पाँच जना अति विपन्न मधेसी दलितहरूको मृत्यु भएपछि मधेशी आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।  उपचारकै अभावमा उनीहरूको मृत्यु भएको घटनाबारे अनुगमनका लागि आयोगले एक अनुगमन टोली पठाउने भएको छ । 

आयोगकी उपसचिव सबिता डङ्गोलले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै राज्यले हरेक नागरिकको उपचारको ग्यारेन्टी गरेपनि वर्षेनी हुने यस्ता घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकी छन् । 

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगले यस्ता संवेदनशील घटनाहरूको अल्पकालीन र दीर्घकालीन समाधानको लागि विभिन्न समयमा सिफारिस र ध्यानाकर्षण गराएपनि सरकारको बेवास्ताले गर्दा घटनाहरू दोहोरिने गरेको बताए । 

आयोगले पीडित परिवारलाई सहयोग गर्न र बिरामीहरूलाई यथोचित स्वास्थ्य उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस