काम गर्न मन्त्री नै हुनुपर्छ भन्ने छैन : नेता सिंह « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

काम गर्न मन्त्री नै हुनुपर्छ भन्ने छैन : नेता सिंह


२ पुस २०७९, शनिबार


काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकशमान सिंहले जनताको काम गर्नका लागि मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन्।

काठमाडौँ–१ मा पर्ने शंखमुलमा शनिबार मतदाताका लागि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उनले क्षेत्रको विकासका लागि मन्त्री हुनैपर्ने आवश्यकता नभएको बताएका हुन्।

‘म जनप्रतिनिधि हुँ। म पदमा जाउँला नजाउँला। तर, जनप्रतिनिधिको पद त छ नि मसँग। मैले गर्न सक्ने काम त म त्यसैबाट गर्न सक्छु। मिस्टिरै हुनुपर्ने छैन,’ सिंहले भने।

उनले प्रधानमन्त्री बन्न सके मुलुककै कायापलट गर्न सक्ने आत्मविश्वास आफूमा रहेको पनि बताए। तर, प्रधानमन्त्री जनता र आफूले चाहँदैमा बन्न सहज नभएको सिंहको भनाइ थियो।

सिंहले आफू मन्त्री भए काठमाडौँ–१ का जनताका लागि सुनमा सुगन्ध हुने जिकिर गर्दै जनताबाट अनुमोदित हुन नै सबैभन्दा ठूलो पद भएको पनि बताए।

‘म पदमा भयो भने त तपाईंहरुलाई सुनमा सुगन्धै भयो। पदमा नभए पनि माननीय तपाईंहरुले बनाइदिनुभयो,’ उनले भने, ‘योभन्दा ठूलो अरु के होला ररु जनताबाट अनुमोदित हुनु नै सबैभन्दा ठूलो पद हो।’

Tags :
प्रतिक्रिया दिनुहोस