चीनले ६ बेलायती कूटनीतिज्ञलाई हटायो, हङकङका प्रदर्शनकारीलाई कुटपिट गरेको आरोप « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चीनले ६ बेलायती कूटनीतिज्ञलाई हटायो, हङकङका प्रदर्शनकारीलाई कुटपिट गरेको आरोप


२९ मंसिर २०७९, बिहिबार


चीन । चीनले बेलायतका ६ कूटनीतिज्ञलाई हटाएको छ। उनीहरूलाई हङकङका प्रदर्शनकारीलाई कुटपिट गरेको आरोप लागेको छ।

म्यानचेस्टरमा रहेको चिनिया वाणिज्य दूतावासभित्र प्रजातन्त्र समर्थक हङकङका प्रदर्शनकारीलाई कुटपिट गरेको आरोपमा काउन्सिल जनरल र अन्य पाँच कूटनीतिज्ञलाई चिनिया सरकारले हटाएको बेलायतका विदेशसचिव जेम्स क्लेभरलीले जानकारी दिए।

आफूहरुकै अनुरोधपछि चीन सरकारले काउन्सिल जनरललगायत बेलायती ती अधिकारीलाई हटाएको क्लेभरलीले जनाए। काउन्सिल जनरल जेङ शिउआन बेलायत फर्किइसकेका छन् र अरु पनि फर्कने तयारीमा रहेको बीबीसीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस