अमेरिकामा समलिङ्गी विवाहलाई मान्यता, बाइडेनले गरे विधेयकमा हस्ताक्षर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अमेरिकामा समलिङ्गी विवाहलाई मान्यता, बाइडेनले गरे विधेयकमा हस्ताक्षर


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले समलिङ्गी र अन्तरजातीय दम्पतीहरूका लागि नयाँ संघीय सुरक्षासम्बन्धी कानूनमा हस्ताक्षर गरेका छन्।

ह्वाइट हाउस त्यस अवसरमा हजारौं समर्थकलाई बोलाएर बाइडेनले ऐनमा हस्ताक्षर गरेका हुन्। अमेरिकाका संसदका दुबै सदनबाट समलिङ्गी विवाह संरक्षण गर्ने बिल बहुमतले पारित भएको थियो।

नोभेम्बरको अन्तिमसाता अमेरिकी सिनेटबाट पारित भएको बिल गतसाता प्रतिनिधिसभाबाट पनि पारित भएको थियो। प्रतिनिधिसभामा बिलका पक्षमा २५८ भोट र विपक्षमा १६९ भोट खसेको थियो। ३९ रिपब्लिकनले डेमोक्र्याटको साथ दिएका थिए।

बिलले सबै राज्यहरूले समलिङ्गी विवाहलाई वैधानिक बनाउनु पर्ने राष्ट्रिय आवश्यकता सेट नगरेपनि एउटा राज्यले अर्को राज्यको कानुनी समलिंगी विवाहलाई मान्यता दिन आवश्यक रहेको मापदण्ड तय गरेको छ।​ सिनेटरहरुले धार्मिक स्वतन्त्रतासँग सम्बन्धित बिलमा भाषा थप्न वार्ता गर्न महिनौं बिताएका थिए।

सिनेटमा कुल १२ रिपब्लिकनले सबै डेमोक्र्याटहरूसँग बिलको समर्थनमा मतदान गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस