कोलाम्बियामा पहिरोले पुरिएर ३३ जनाको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कोलाम्बियामा पहिरोले पुरिएर ३३ जनाको मृत्यु


२१ मंसिर २०७९, बुधबार


कोलाम्बिया । कोलाम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु भएको छ भने ९ जनालाई जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये चार जनाको अवस्था गम्भीर छ।

कोलम्बिया स् कोलाम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु भएको छ भने ९ जनालाई जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये चार जनाको अवस्था गम्भीर छ।

यो साताको प्रारम्भमा राजमार्गमा पहिरो खस्दा यात्रीबाहक बस, मोटरसाइकललगायत सवारी साधन पुरिएका तथा तिनमा यात्रारत तीन जना बालबालिकासहित ३३ जनाको ज्यान गएको आन्तरिक मामिलामन्त्री अल्फोन्सो प्राडाले बताएका छन्।

पहिराले राजमार्गमा सवारीसाधन पुरेको सूचना पाउनेबित्तिकै देशको जोखिम व्यवस्थापन इकाइ र यातायात मन्त्रालयका कर्मचारीका साथै प्रहरी र सेनालाई उद्धारमा खटाइएको थियो। राजमार्गका केही भागमा पहिरो पन्छाउनुपर्ने भएकाले उद्धार तथा मृतकको खोजी जटिल भएको छ।

यसैबीच, राष्ट्रपति गुस्ताभो पेट्रोले प्रतिकूल मौसम तथा त्यसबाट उत्पन्न हुने विपद् व्यवस्थापनलगायत कामका निम्ति राष्ट्रिय एकीकृत उद्धार तथा सहायता केन्द्र स्थापना गर्न आदेश दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस