कतार विश्वकप : नकआउट चरणको समीकरण पूरा, कुन टिमले कोसँग खेल्छन् ? (तालिकासहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कतार विश्वकप : नकआउट चरणको समीकरण पूरा, कुन टिमले कोसँग खेल्छन् ? (तालिकासहित)


१७ मंसिर २०७९, शनिबार


काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अर्थात् नकआउट चरणको समीकरण पूरा भएको छ । 

शुक्रबार राति भएको समूह चरणका अन्तिम ४ खेल सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टोलीको टुङ्गो लागेको हो ।

फिफाले विभाजन गरेको ८ समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् ।

कतार विश्वकपमा समूह ‘ए’ बाट नेदरल्यान्ड्स विजेता र सेनेगल उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।

समूह ‘बी’ बाट इंग्ल्यान्ड विजेता र अमेरिका उपविजेता, समूह ‘सी’ बाट अर्जेन्टिना विजेता र पोल्याण्ड उपविजेता, समूह ‘डी’ बाट फ्रान्स विजेता र अस्ट्रेलिया उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।

सर्बियालाई ३-२ ले हराउँदै समूह उपविजेता बनेको स्वीटजरल्याण्ड अन्तिम १६ मा पुग्ने अन्तिम टोली बन्यो । ब्राजिल समूह जी को विजेता तथा स्वीजरलयाण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका हुन् ।

समूह ‘ई’ बाट जापान विजेता र स्पेन उपविजेता, समूह ‘एफ’ बाट मोरक्को विजेता र क्रोएसिया उपविजेता, समूह ‘जी’ बाट ब्राजिल विजेता र स्विट्जरल्यान्ड उपविजेता तथा समूह ‘एच’ बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।   

अब नकआउट चरणमा नेदरल्यान्ड्स र अमेरिका, अर्जेन्टिना र अस्ट्रेलिया, फ्रान्स र पोल्याण्ड तथा इंग्ल्यान्ड र सेनेगल भिड्ने छन् ।

यस्तै जापान र क्रोएसिया, मोरक्को र स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड तथा दक्षिण कोरिया र ब्राजिलबीच राउण्ड अफ १६ मा प्रतिस्पर्धा हुनेछ ।

अन्तिम १६ का खेलहरू कहिले कुन समयमा हुन्छ?

मंसिर १७ गते शनिबार

४९. समूह ‘ए’ को विजेता भर्सेस समूह ‘बी’ को उपविजेता (राति ८:४५ बजे)नेदरल्याण्ड्स विरुद्ध अमेरिका

५०. समूह ‘सी’ को विजेता भर्सेस समूह ‘डी’ को उपविजेता (राति १२:४५ बजे) अर्जेन्टिना विरुद्ध अस्ट्रेलिया

मंसिर १८ गते आइतबार

५१. समूह ‘बी’ को विजेता भर्सेस समूह ‘ए’ को उपविजेता (राति १२:४५ बजे) इंग्ल्याण्ड भर्सेस सेनेगल

५२. समूह ‘डी’ को विजेता भर्सेस समूह ‘सी’ को उपविजेता (राति ८स्:५ बजे) फ्रान्स भर्सेस पोल्याण्ड

मंसिर १९ गते सोमबार

५३. समूह ‘ई’ को विजेता भर्सेस समूह ‘एफ’ को उपविजेता (राति ८:४५ बजे) जापान भर्सेस क्रोएसिया

५४. समूह ‘जी’ को विजेता भर्सेस समूह ‘एच’ को उपविजेता (राति १२:४५ बजे) ब्राजिल भर्सेस दक्षिण कोरिया

मंसिर २० गते मङ्गलवार

५५.समूह ‘एफ’ को विजेता भर्सेस समूह ‘ई’ को उपविजेता (राति ८:४५ बजे) मोरक्को भर्सेस स्पेन

५६. समूह ‘एच’ को विजेता भर्सेस समूह ‘जी’ को उपविजेता (राति १२:४५ बजे) पोर्चुगल भर्सेस स्वीटजरल्याण्ड

क्वाटरफाइनल

मंसिर २३ गते शुक्रबार

५७. खेल नम्बर ४९ को विजेता भर्सेस खेल नम्बर ५० को विजेता(राति १२:४५ बजे)

५८. खेल नम्बर ५३ को विजेता भर्सेस खेल नम्बर ५४ को विजेता (राति ८:५ बजे)

मंसिर २४ गते शनिबार

५९. खेल नम्बर ५१ को विजेता भर्सेस खेल नम्बर ५२ को विजेता (राति १२:४५ बजे)

६०. खेल नम्बर ५५ को विजेता भर्सेस खेल नम्बर ५६ को विजेता (राति ८:४५ बजे)

सेमिफाइनल

मंसिर २७ गते मङ्गलवार

६१.खेल नम्बर ५७ को विजेता भर्सेस खेल नम्बर ५८ को विजेता (राति १२:४५ बजे)

मंसिर २८ गते बुधबार

६२. खेल नम्बर ५९ को विजेता भर्सेस खेल नम्बर ६० को विजेता (राति १२:४५ बजे)

तेस्रो स्थान

पुस २ गते शनिबार

६३.पहिलो सेमिफाइनल उपविजेता भर्सेस दोस्रो सेमिफाइनल उपविजेता (राति ८:४५ बजे)

फाइनल

पुस ३ गते आइतबार

६४. पहिलो सेमिफाइनल विजेता भर्सेस दोस्रो सेमिफाइनल विजेता (राति ८:४५ बजे)

Tags :
प्रतिक्रिया दिनुहोस