परराष्ट्रको अनुमतिपछि मात्र महानगर मेयर बालेनले अमेरिकी राजदूतसँग भेटेको पत्र सार्वजनिक  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

परराष्ट्रको अनुमतिपछि मात्र महानगर मेयर बालेनले अमेरिकी राजदूतसँग भेटेको पत्र सार्वजनिक 


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौँ। नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई भेट्न परराष्ट्र मन्त्रालयसँग अनुमति मागेको पत्र सार्वजनिक भएको छ । अमेरिकी दूतावासले मेयर बालेनसँग भेट मिलाइदिन परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको पत्र सार्वजनिक भएको हो ।

बालेनको सचिवालयबाट सार्वजनिक गरिएको पत्रमा गएको कात्तिक २८ गते नै अमेरिकी दूतावासले बालेनसँगको भेटका लागि समन्वयन गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको भेटिएको छ । 

परराष्ट्र मन्त्रालयले मंसिर ६ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समन्वय गरिँदिन आग्रह गर्दै पत्र लेखेको छ । 

सोही दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँ महानगरलाई अमेरिकी दूतावासको आग्रहअनुसार आवश्यक समन्वय गर्न भनेको छ । 

एमाले नेता भीम रावलले अमेरिकी राजदूतसँग बालेनको भेटलाई लिएर प्रश्न गरेपछि बालेनको सचिवालयले परराष्ट्र मन्त्रालयको अनुमतिपछि मात्र भेट भएको बेहोराको पत्र नै सार्वजनिक गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस