सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ।

आज छापावाल सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अघिल्लो कारोबार दिन बुधबार २ सय रुपैयाँले बढेर सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुन ६ सय रुपैयाँले बढेको हो। त्यस्तै, तेजाबी सुनको मूल्य ९७ हजार ६ सय कायम गरिएको छ।

यस्तै, सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार ३३० पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस