शाखारहित बैङ्किङ सेवामार्फत कारोबार गर्दा सजग हुन राष्ट्र बैङ्कको आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शाखारहित बैङ्किङ सेवामार्फत कारोबार गर्दा सजग हुन राष्ट्र बैङ्कको आग्रह


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणलाई शाखारहित बैङ्किङ सेवामार्फत कारोबार गर्दा सजग हुन आग्रह गरेको छ । 

शाखारहित बैङ्किङ सेवामार्फत प्रवाह भएको सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि राष्ट्र बैङ्कले सर्वसाधारणलाई सजग भएर कारोबार गर्न सुझाएको हो ।

बैङ्क तथा वित्तीय संस्थाका आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत तोकिएको सेवा केन्द्रमा गएर कारोबार गर्नुपर्ने भन्दै सेवाग्राहीले कुनै पनि कारोबार गर्दा विद्युतीय उपकरणमार्फत मात्र गर्न आग्रह गरिएको छ । 

शाखारहित सेवामार्फत कारोबार गर्दा बैङ्क खातामा आफूले जम्मा गरेको र निकालिएको रकमको विवरण सही भए/नभएको पनि यकिन गर्न भनिएको छ ।

कसैलाई विश्वास गरेर यस्ता सेवा केन्द्रमा रकम जम्मा गर्न दिएमा त्यो रकम जम्मा भए/नभएको पनि जानकारी अनिवार्य रूपमा लिन सेवाग्राहीलाई आग्रह गरिएको छ । 

बैङ्कमा कारोबार गरेपछि सेवाग्राहीले विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्य रूपमा आफूले कारोबार गरेको रकम ठिक भए/नभएको यकिन गर्न पनि भनिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस